Sep 19 2024 | २०८१, असोज ३ गते

सीआईबीको छानबिन टुंगिएपछि असोज ५ मा आयोग बन्ने, त्यही दिनदेखि काम थाल्ने

सीआईबीको छानबिन टुंगिएपछि असोज ५ मा आयोग बन्ने, त्यही दिनदेखि काम थाल्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • सीआईबीको छानबिन टुंगिएपछि असोज ५ मा आयोग बन्ने, त्यही दिनदेखि काम थाल्ने

    सुनलगायत पटक-पकट हुँदै आएका तस्करी सम्बन्धमा छानबिन गर्न आयोग गठन गर्ने सहमति  जुटेको छ । 

    images
    images

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधवार बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति जुटेको हो । 

    ‘विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी गरिएको अवैध पैठारी (तस्करी), मिति २०८० श्रावण २ गते 'ब्रेक शु'मा सुन राखी गरिएको अवैध पैठारी (तस्करी) लगायत पटक-पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्य पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक-पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धानबारे समेत अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ,’ संसद्मा प्रतिनिधित्व गर्ने सात राष्ट्रिय दलहरूले गरेको सहमतिमा उल्लेख छ ।

    आयोग गठन पूर्व सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरिरहेको छानबिन प्रभावित नगर्ने सहमति पनि दलहरूले गरेका छन् । सुन तस्करीमा संलग्नविरुद्ध सीआईबीले अभियोजन प्रस्तुत गरेपछि आयोगले काम थाल्ने सहमति दलहरूले गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार