Sep 19 2024 | २०८१, असोज ३ गते

बढाइएको पारिश्रमिक कार्यान्वयन होस् : सांसद डीपी अर्याल

बढाइएको पारिश्रमिक कार्यान्वयन होस् : सांसद डीपी अर्याल

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • बढाइएको पारिश्रमिक कार्यान्वयन होस् : सांसद डीपी अर्याल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्यालले सरकारले बढाएको चिया श्रमिकहरूको पारिश्रमिक लागू गर्नुपर्ने बताएका छन् । उनले सरकारले श्रमिकको पक्षमा काम गरेको र त्यसलाई अब कार्यान्वयनमा लैजानुपर्ने बताए । 

    images
    images

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्यालले बढाइएको पारिश्रमिक लागू गर्नका लागि सरकारले वातावरण बनाउनुपर्ने बताए । 'श्रमिकहरूको पक्षमा भएको निर्णय स्वागतयोग्य छ । तर, केही उद्योगी‚ व्यवसायीहरूले औद्योगिक भार पर्ने भन्दै बढेको पारिश्रमिक लागू गर्न नसकिने भन्दै अभिव्यक्ति दिइरहेका छन् । उसै त नेपालमा काम गर्ने वातावरण छैन भन्दै दैनिक हजारौंको संख्यामा विदेसिने क्रम जारी छ‚’ उनले भने‚ ‘अहिले सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकेनौं भने पक्कै पनि राम्रो सन्देश जाँदैन । उद्योग, व्यवसाय प्रवर्द्धन गर्नु र श्रमिकको हकहितमा पनि काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगी‚ व्यवसायीले बढेको पारिश्रमिक खुसीखुसी लागू गर्ने वातावरण सरकार तयार गरिदिनुपर्छ ।'

    सरकारले साउन ३२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाएको थियो । चिया बगानमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक १३ हजार र त्यो बाहेकका श्रमिकका लागि न्यूनतम १७ हजार ३ सय रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

    यो पारिश्रमिक लागू गर्नका लागि संस्थागत सुधार पनि गर्नुपर्ने अर्यालको भनाइ थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार