Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ : पूर्वउपप्रधानमन्त्री सिंह

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ : पूर्वउपप्रधानमन्त्री सिंह

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ७ २०८०
  • कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ : पूर्वउपप्रधानमन्त्री सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ले आज बिहीबार आयोजना गरेको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै उनले अब आर्थिक क्रान्ति कांग्रेसको मूल एजेण्डा हुनुपर्ने बताएका हुन्।

    images
    images

    उनले जनतालाई काम गर्ने र गरिखाने वातावरण निर्माणमा कांग्रेस लाग्नुपर्ने बताए । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीभित्र सबैलाई समान अवसर प्रदान गर्नसकेमात्र कांग्रेस बलियो हुने उल्लेख गरे । “कांग्रेस इतिहासको मात्र कुरा गर्छ भन्ने आरोप लागेको छ, इतिहास भएको पार्टीले नै हो इतिहासको कुरा गर्ने,” उनले भने । कांग्रेसले जनताको चाहनाअनुसार कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

    कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका जनप्रतिनिधिको कामका आधारमा पार्टी बलियो हुने भएकाले जनतामाझ राम्रो काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गरे । 

    कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले पार्टीका जिम्मेवार पदमा बसेका व्यक्तिले जिम्मेवारबोधका साथ काम गरे पार्टी बलियो हुने धारणा राखे । उनले पार्टीभित्र देखिएका समस्या पार्टीका नेता बसेर नै समाधान गर्नुपर्ने उल्लेख गरे ।

    कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बाँनिया, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेलगायतको उपस्थिति  थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार