Sep 19 2024 | २०८१, असोज ३ गते

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ३१ २०७९
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ३१ २०७९
  • सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

    काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एवम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचारबारे चर्चा भएको छ । 

    images
    images

    सञ्चारमा आएका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला बसेको सत्ता साझेदार दलहरुको बैठकमा यस विषयमा पनि कुराकानी भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका बैठकमा कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्ति नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि गभर्नर हुन नपाउने व्यवस्था भएकाले यदि गभर्नर अधिकारी नै ती व्यक्ति हुन् भने यो निकै नै गम्भीर विषय भएको प्रधानमन्त्रीले भनेकाे महतले बताए । 

    बैठकमा गठबन्धनमा आबद्ध दलका नेताहरुले यस विषयमा कुरा उठाएका थिए । गम्भीर विषय भएकाले यसबारेमा थप छलफल गर्नुपर्ने बताइएको छ । 

    विषय असाध्यै गम्भीरताका साथ उठेको र यदि गभर्नर नै एम अधिकारी हुन् भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा विभिन्न पार्टीका प्रतिनिधिबाट धारणा आएको  प्रवक्ता डा महतले बताए । यस्तै, सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोगको म्याद थपको विषयमा पनि बैठकमा छलफल भएको थियो । 

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले ती आयोगका सम्बन्धमा प्रस्तुत गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट