Sep 19 2024 | २०८१, असोज ३ गते

उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा

उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ५ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन ५ २०७९
  • उद्देश्यसहित गठबन्धन हुन्छ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुको बीचमा तालमेल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताएका हुन् । 

    images
    images

    तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे । आगामी  निर्वाचनका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए । 

    निर्वाचन अघि गरिने तालमेल दलहरुका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए । 

    न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उनको भनाइ छ ।  

    नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उनले बताए । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ थियो ।

    नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उनले जिकिर गरे ।फरक प्रसङ्गमा उनले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसंवत पार्टी चलाउन आफूहरुको दबाब रहेको बताए । 


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट