Aug 12 2026 | २०८३, साउन २७ गते

मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन, सरकारको पहिलो म्यान्डेट निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री अर्याल

मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन, सरकारको पहिलो म्यान्डेट निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री अर्याल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट छैन, सरकारको पहिलो म्यान्डेट निर्वाचन सम्पन्न गर्नु हो : गृहमन्त्री अर्याल

    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरको पुल्चोकमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले भने, ‘वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त म्यान्डेट पुरा गर्नु हो ।’

    images

     
    सिङ्गो देश निर्वाचनमा होमिएको उल्लेख गर्दै मन्त्री अर्यालले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । जेनजी जनआन्दोलन सुशासन कायमको लागि भएको बताउँदै उनले भने, ‘सुशासन कायम राख्न सरकार कटिबद्ध छ ।’ 

    गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति छ । 


    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराए । उनले भने, ‘स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनु पर्छ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट