Aug 12 2026 | २०८३, साउन २७ गते

कांग्रेस केन्द्रीय सदस्यहरू भेला, चुनावलाई ध्यानमा राखी पार्टी एकताबद्ध बनाउन अपिल

कांग्रेस केन्द्रीय सदस्यहरू भेला, चुनावलाई ध्यानमा राखी पार्टी एकताबद्ध बनाउन अपिल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • कांग्रेस केन्द्रीय सदस्यहरू भेला, चुनावलाई ध्यानमा राखी पार्टी एकताबद्ध बनाउन अपिल

     काठमाडौँ -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरेका छन्।

    images

    आमचुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका केन्द्रीय सदस्यहरूले आज भेला गरेर अपिल जारी गरेका हुन्।

    राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की, चीनकाजी श्रेष्ठलगायत चुनावअघि महाधिवेशनका पक्षमा उभिएका थिए।

    उनीहरूले पार्टीभित्र देखा परेको विवाद समाधान गर्न पनि यसअघि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर ध्यानाकर्षण गराएका थिए।

    उनीहरूले संवाद र सहमतिबाट विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह पनि गरेका छन्।
    कांग्रेसमा अधिकांश संस्थापन पक्षको विरोधबीच महामन्त्रीहरूको आह्वानमा पुस २७ र २८ गते विशेष महाधिवेशन हुँदैछ।

    सोही सन्दर्भमा आज सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूले छलफल गरी अपिल जारी गरेका हुन्। सभापति देउवा पक्षका केही केन्द्रीय सदस्यहरू आज नयाँ बानेश्वरमा पनि छलफल गर्दैछन्। चुनावपछि महाधिवेशनका पक्षमा सुरूदेखि नै उभिएका केन्द्रीय सदस्यहरू बेग्लै छलफलमा जुट्न लागेका हुन्।

    यस्तो छ अपिल:

    यही आउँदो २०८२  फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर राखी नेपाली कांग्रेसलाई उक्त निर्वाचनमा जनताको  विश्वसनिय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी छ। परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेछ। यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ।अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट