images

Sep 30 2026 | २०८३, असोज १४ गते

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलिदेखि, निर्वाचन केन्द्रित कार्यसूची

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलिदेखि, निर्वाचन केन्द्रित कार्यसूची

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलिदेखि, निर्वाचन केन्द्रित कार्यसूची

     काठमाडौँ -नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबारदेखि ललितपुरमा सुरू हुँदैछ।

    ललितपुर, एकान्तकुनास्थित म्याजिस्टिक ग्राण्ड भाटी भेन्यूमा बस्ने केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दैन। यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुंग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने सचिव राजन भट्टराईले भने।

    यसका अतिरिक्त तीन दिन चल्ने बैठकले निर्वाचनकेन्द्रित कामबारे थप छलफल गर्नेछ।

    एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको छ।

    दोस्रो सचिवालय बैठकले गरेका यी निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।
    सचिवालय बैठकले पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहने गरी परिचालन गर्ने नीतिअनुरूप अस्थायी कार्यविभाजन गरिएको एमालेले बताएको छ।

    मुलुक निर्वाचनमा होमिएको अवस्थामा सिंगो पार्टीपंक्ति आन्दोलनकारी मनस्थितिका साथ निर्वाचनमा परिचालित हुनु आवश्यक हुन्छ। पार्टीका नेता र कार्यकर्ताले निर्वाचनमा खेलेको भूमिकाको मूल्यांकनका आधारमा अघि बढ्ने नीति अवलम्बन गरिने छ। मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ। निर्वाचन सम्पन्न भएको १ महिनाभित्र सम्बन्धित तहका कमिटीले निर्वाचनको समीक्षा गरी त्यसको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ,’ एमालेले अन्तरपार्टी निर्देशनमार्फत् भनेको छ।

    यसका अतिरिक्त एमालेले अघिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीमा चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर केन्द्रीय सल्लाहकार परिषद गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। केन्द्रीय समितिले परिषद गठन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट