Aug 12 2026 | २०८३, साउन २७ गते

निर्वाचन तयारीबारे प्रधानमन्त्रीसँग आयोगको ब्रिफिङ

निर्वाचन तयारीबारे प्रधानमन्त्रीसँग आयोगको ब्रिफिङ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • निर्वाचन तयारीबारे प्रधानमन्त्रीसँग आयोगको ब्रिफिङ

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनबारे हालसम्म भए गरेका कामबारे जानकारी लिएकी छन् ।
    शुक्रबार आयोगका अधिकारीहरू निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न बालुवाटार पुगेका थिए ।  प्रधानमन्त्रीसँग छलफल गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरू सहभागी भएका थिए ।

    images

    त्यसक्रममा खासगरी निर्वाचन आचारसंहिता कहिलेबाट लागू गर्ने भन्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आयोगले आगामी माघ २ गतेबाट निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको बुझिएको छ । 

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट