कांग्रेस विशेष महाधिवेशन: ४ बजेसम्म झण्डै आधा प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशन: ४ बजेसम्म झण्डै आधा प्रतिनिधिको नाम दर्ता
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार अपराह्न ४ बजेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाम दर्ता गर्ने क्रम धमाधम चलिरहेको छ । अझै दर्ता गर्ने क्रम जारी रहेको भन्दै विशेष महाधिवेशन पक्षधरले लाइनमा अझै ४०० जना भन्दा बढी रहेको दाबी गरेको छ ।
