Aug 12 2026 | २०८३, साउन २७ गते

कांग्रेस विशेष महाधिवेशनको कार्यविधि सर्वसम्मत पारित

कांग्रेस विशेष महाधिवेशनको कार्यविधि सर्वसम्मत पारित

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
  • कांग्रेस विशेष महाधिवेशनको कार्यविधि सर्वसम्मत पारित

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा जारी बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । 

    images


    अधिवक्ता समेत रहेका महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि सर्वसम्मत पारित भएको हो । 

    सो कार्यविधिमा महाधिवेशनले के–के छलफल र निर्णय गर्ने भन्ने विषय समेटिएको भनिएपनि के–के विषय राखिएको छ भन्नेबारे प्रस्ट भइसकेको छैन । 


    सोमबार बिहानदेखि ज्येष्ठ सदस्य श्याम कुमार खड्काको अध्यक्षतामा बन्दसत्र सुरु भएको हो । बन्दसत्र र समग्र विशेष महाधिवेशनलाई शेरबहादुर देउवा समूहले भने बहिस्कार गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट