Aug 12 2026 | २०८३, साउन २७ गते

असहज अवस्था हटाएर निर्वाचनमा एकताबद्ध हुन खड्काको अपिल

असहज अवस्था हटाएर निर्वाचनमा एकताबद्ध हुन खड्काको अपिल

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २८ २०८२
  • असहज अवस्था हटाएर निर्वाचनमा एकताबद्ध हुन खड्काको अपिल

    काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको बताएका छन् । सोमबार अपिल जारी गर्दै उनले यस्तो बताएका हुन् । 

    images


    पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैमा अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न आग्रह गरे । 

    अपिलमा भनिएको छ,'नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ । नेपाली कांग्रेसले देशमा विषम परिस्थिति उत्पन्न भएको बेला इतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो इतिहास छ ।
    नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको भन्दै कांग्रेसको काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको उनले बताए । 

    प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको समेत उनले बताए । 

    अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक रहेको कार्यवाहक सभापति खड्काले बताए । 

    PR...jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट