images

Sep 30 2026 | २०८३, असोज १४ गते

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, प्रतिवेदनमाथि छलफल जारी

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, प्रतिवेदनमाथि छलफल जारी

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
  • नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, प्रतिवेदनमाथि छलफल जारी

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्यतको बन्दसत्र सुरु भएको छ । मङ्गलबारको बन्दसत्र  केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहभागी छन् । 


    यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्म लम्बिएको हो ।

    विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया आज पनि जारी रहेको बताए । 


    कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने उनले बताए । 
    महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट