Aug 12 2026 | २०८३, साउन २७ गते

नेतृत्व चयन प्रक्रियातर्फ कांग्रेस, पाँच सदस्यीय निर्वाचन समिति गठन

नेतृत्व चयन प्रक्रियातर्फ कांग्रेस, पाँच सदस्यीय निर्वाचन समिति गठन

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
  • नेतृत्व चयन प्रक्रियातर्फ कांग्रेस, पाँच सदस्यीय निर्वाचन समिति गठन

    काठमाडौँ - नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रले पार्टीको पुरानो निर्वाचन समिति भंग गरी पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको छ।

    images

    वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजकत्वको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य छन्।

    विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधिमा उल्लेख भए अनुसार निर्वाचनसम्बन्धी कार्यविधिरनिर्देशिका तय गरी निर्वाचन सम्पन्न गर्न यो समिति गठन गरिएको हो।

    आइतबार र सोमबारका लागि तय गरिएको विशेष महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढेपछि लम्बिएको छ। सोमबारको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। नौ वटा समूह बनाएर ती प्रतिवेदनहरूमा सोमबारदेखि नै छलफल सुरू भएको थियो। यी समूहले अहिले बन्द सत्रमा आ-आफ्नो निष्कर्ष सुनाइरहेका छन्।

    प्रतिवेदनमाथिको छलफल जारी रहने गरी सोमबार बन्द सत्र सकिएको थियो।


    विशेष महाधिवेशन पक्षका नेता मनोजमणि आचार्यका अनुसार मंगलबारको बन्द सत्रमा ती ९ समूहको टोली नेताले आफ्नो समूहले निकालेको छलफलको निष्कर्ष हलमा टेबुल गर्नेछन्। त्यसपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट