Aug 12 2026 | २०८३, साउन २७ गते

नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधि सूचीमा राष्ट्रपति पौडेलको नाम, हटाउन आग्रह

नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधि सूचीमा राष्ट्रपति पौडेलको नाम, हटाउन आग्रह

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधि सूचीमा राष्ट्रपति पौडेलको नाम, हटाउन आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिहरूको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलको नाम समेत समावेश भएपछि राष्ट्रपति कार्यालयले आपत्ति जनाएको छ ।

    images


    नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउने क्रममा निर्वाचन समितिले १४औँ महाधिवेशनमा प्रतिनिधि रहेका सबैको नामावली सार्वजनिक गरेको थियो । समितिबाट सार्वजनिक महाधिवेशन प्रतिनिधिको सूचीमा राष्ट्रपति पौडेलको नामसमेत समावेश गरिएको थियो । 

    राष्ट्रपति पौडेलको समेत नाम समावेश भएपछि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले समितिलाई फोन गरेर नाम हटाउन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले यसअघि नै राजीनामा दिइसकेकाले नाम प्रकाशित गरेर अनावश्यक विवादमा नतान्न पोखरेलले आग्रह गरेका हुन् ।  पोखरेलले भने, ‘हामीले नाम हटाउन भनेका छौँ । उहाँहरूले यसलाई सच्याउँछु भन्नुभएको छ ।’


    यसैबिच विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट