सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ, गुरुङ पुनः गृहमन्त्री
सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ, गुरुङ पुनः गृहमन्त्री
काठमाडौं। नवनियुक्त दुई मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पदको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सुधन गुरुङ र महावीर पुनलाई मन्त्री पदको शपथ खुवाएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए। प्रधानमन्त्री शाहले सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा नियुक्त गर्न सिफारिस गरेका थिए।
