Aug 12 2026 | २०८३, साउन २७ गते

विपक्षी अवरोधबीच आज प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफल अघि बढ्ने

विपक्षी अवरोधबीच आज प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफल अघि बढ्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २७ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २७ २०८३
  • विपक्षी अवरोधबीच आज प्रतिनिधिसभा बैठक, बजेटमाथिको छलफल अघि बढ्ने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।

    images

    प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सुचारु रूपमा सञ्चालन हुने सम्भावना न्यून रहेको छ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ । अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि सो विषयमा छलफल अगाडि बढ्नेछ ।

    बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा वाचन गर्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको जानकारी दिने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको विषय सभालाई अवगत गराउने छन् ।

    यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको 'चलचित्र विधेयक, २०८२' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट