images

Sep 30 2026 | २०८३, असोज १४ गते

प्रतिनिधि सभा बैठक २ बजेसम्म स्थगित, सीमा विवादमा प्रतिपक्षको अडान कायमै

प्रतिनिधि सभा बैठक २ बजेसम्म स्थगित, सीमा विवादमा प्रतिपक्षको अडान कायमै

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २७ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २७ २०८३
  • प्रतिनिधि सभा बैठक २ बजेसम्म स्थगित, सीमा विवादमा प्रतिपक्षको अडान कायमै

    काठमाडौं ।  प्रतिनिधि सभाको बैठक सूचना टाँसेर  २ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलहरूको अवरोध र विरोधबीच बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। तर बैठक पुनः सुरू हुनुअगावै नै सूचना टाँसेर थप  गरिएको हो।

    प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको रहेछ' भनी दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूको असन्तुष्टि जारी छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले उक्त अभिव्यक्ति प्रमाणसहित पुष्टि गर्नुपर्ने, अन्यथा रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परराष्ट्र मन्त्रालयले विषयमा पहिले नै स्पष्टीकरण दिइसकेको र आवश्यकता परे परराष्ट्र मन्त्री जवाफ दिन तयार रहेको बताएको छ। तर प्रतिपक्षी दलहरू भने प्रधानमन्त्री स्वयंले संसदमा आएर अभिव्यक्ति सच्याउनुपर्ने अडानबाट पछि हट्न तयार छैनन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट