मन्त्रिपरिषद्को निर्णय: संविधान संशोधन कार्यदलको म्याद थप
मन्त्रिपरिषद्को निर्णय: संविधान संशोधन कार्यदलको म्याद थप
काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदलको म्याद आगामी असार मसान्तसम्म विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सोही बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था मन्त्रालयलाई आवश्यक निर्देशन दिने निर्णय समेत गरेको छ।
यसका साथै मन्त्रिपरिषद् बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धितललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ।
