Aug 12 2026 | २०८३, साउन २७ गते

जुन १४–१७ मा परराष्ट्रमन्त्री शिशिर खनालको औपचारिक चीन भ्रमण।

जुन १४–१७ मा परराष्ट्रमन्त्री शिशिर खनालको औपचारिक चीन भ्रमण।

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २९ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ २९ २०८३
  • जुन १४–१७ मा परराष्ट्रमन्त्री शिशिर खनालको औपचारिक चीन भ्रमण।

    काठमाडौं । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जुन १४ देखि १७ सम्म चीन जनवादी गणतन्त्रको औपचारिक भ्रमणमा जाने भएका छन्।

    images

    चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं विदेशमन्त्री वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा मन्त्री खनाल यो भ्रमणमा सहभागी हुन लागेका हुन्। भ्रमणका क्रममा उनले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग औपचारिक द्विपक्षीय वार्ता गर्नेछन्।

    उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने, आपसी सहयोग विस्तार गर्ने लगायत दुवै देशको साझा हितका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। यसका अतिरिक्त मन्त्री खनालले चीनका अन्य उच्च पदस्थ अधिकारीहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट