Aug 12 2026 | २०८३, साउन २७ गते

विनियोजन विधेयक २०८३ आज प्रतिनिधिसभामा पारित गर्ने तयारी

विनियोजन विधेयक २०८३ आज प्रतिनिधिसभामा पारित गर्ने तयारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ४ २०८३
  • विनियोजन विधेयक २०८३ आज प्रतिनिधिसभामा पारित गर्ने तयारी

    काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिन कार्यसूची रहेकाे संघीय संसद सचिवालयले बताएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    images

    आजको बैठकमा विनियोजन विधेयक २०८३ लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयकलाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि विनियोजन विधेयकअन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । 

    संसद सचिवालयका अनुसार रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट