रास्वपा केन्द्रीय सदस्यका लागि शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी घोषणा
रास्वपा केन्द्रीय सदस्यका लागि शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि शिक्षामन्त्री सस्मित पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका ९९ केन्द्रीय सदस्यको निर्वाचन हुन लागेको अवसरमा पोखरेलले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसप्रकार लेखेका छन्: "राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु । पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु ।
