Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपा निर्वाचनमा १ हजार ३५२ प्रतिनिधिले मतदान गरेनन्

रास्वपा निर्वाचनमा १ हजार ३५२ प्रतिनिधिले मतदान गरेनन्

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ११ २०८३
  • रास्वपा निर्वाचनमा १ हजार ३५२ प्रतिनिधिले मतदान गरेनन्

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।

    images

    रास्वपा निर्वाचन आयोगका अनुसार मतदानका लागि योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मताधिकार प्रयोग गरेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधिले मतदान गरेका छैनन्।

    बिहीबार सम्पन्न मतदानमार्फत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत सङ्कलन गरिएको हो। केन्द्रीय सदस्य पदका लागि कुल ३७९ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ९९ जना निर्वाचित हुनेछन्।

    निर्वाचन आयोगले देशभित्र रहेका प्रतिनिधिहरूको मतदान सम्पन्न भइसकेको जनाएको छ। अब विदेशमा रहेका प्रवासी प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। प्रवासबाट हुने मतदान सम्पन्न भएपछि अन्तिम मतगणना गरी परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट