LG-CG फाउन्डेसनको साझेदारी: युवालाई थप सीप, थप अवसर
LG-CG फाउन्डेसनको साझेदारी: युवालाई थप सीप, थप अवसर
युवालाई थप सीप, थप अवसर
तालिमको यस शुभारम्भको अवसरमा LG इलेक्ट्रोनिक्स सिंगापुर–बंगलादेश शाखाका प्रबन्ध निर्देशक श्री जेराल्ड सङ्घो चुन तथा CG फाउन्डेसनका अध्यक्ष श्री निर्वाण चौधरीले हाल प्रशिक्षणमा सहभागी ब्याचको अवलोकन गरेका थिए।
काठमाडौं — CG फाउन्डेसनको पहलमा LG इलेक्ट्रोनिक्सले सञ्चालन गर्दै आएको "LG सिपशिक्षा" कार्यक्रमको १६औं ब्याच सुरु भएको छ। नेपाली युवालाई बजारको मागअनुरूपको प्राविधिक तथा व्यावसायिक सीप प्रदान गर्दै रोजगारीको अवसर बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिँदै आएको हो।
सन् २०२४ मा सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म १६ वटा तालिम ब्याच सञ्चालन भइसकेका छन्। पोलिटेक्निक तथा इलेक्ट्रिकल र मेकानिकल तालिममार्फत हालसम्म ३३२ जना सहभागीले व्यावसायिक शिक्षा पाइसकेका छन्। हाल सुरु भएको १६औं ब्याचमा १८ जना सहभागी रहेका छन्।
तालिमको यस शुभारम्भको अवसरमा LG इलेक्ट्रोनिक्स सिंगापुर–बंगलादेश शाखाका प्रबन्ध निर्देशक श्री जेराल्ड सङ्घो चुन तथा CG फाउन्डेसनका अध्यक्ष श्री निर्वाण चौधरीले हाल प्रशिक्षणमा सहभागी ब्याचको अवलोकन गरेका थिए।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक चुनले युवा सशक्तीकरण र सीप विकासमा केन्द्रित यस साझेदारीको अर्को महत्वपूर्ण चरणमा प्रवेश गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले यस पहलमा सहकार्यका लागि काठमाडौं महानगरपालिकाप्रति आभार व्यक्त गर्दै, सीप जुनसुकै उमेरमा पनि सिकिन सक्ने र सिकाइ कहिल्यै रोकिनु नहुने बताए।
यसैगरी CG फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले व्यावहारिक सीपमार्फत मानिसलाई सक्षम बनाउनु सबैभन्दा अर्थपूर्ण लगानीमध्ये एक भएको आफ्नो फाउन्डेसनको विश्वास दोहोर्याए। उनले LG इलेक्ट्रोनिक्ससँगको सहकार्यमार्फत थप व्यक्तिलाई अवसर सिर्जना गर्दै देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको र आगामी दिनमा पनि दिगो करियर निर्माण र दक्ष जनशक्ति विकासमा प्रतिबद्धता कायम रहने बताए।
२०२४ देखि निरन्तर सञ्चालनमा रहेको यस कार्यक्रमले शिक्षा र रोजगारीबीचको खाडल कम गर्दै नेपाली युवालाई व्यावहारिक तथा प्रयोगात्मक सिकाइमार्फत उच्च माग भएका प्राविधिक क्षेत्रमा दक्षता हासिल गर्ने अवसर दिँदै आएको छ। LG सिपशिक्षा र CG फाउन्डेसनले प्राविधिक शिक्षामा निरन्तर लगानी र सहकार्यमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध रहेको जनाएका छन्।





