Sep 23 2026 | २०८३, असोज ७ गते

धनकुटामा हृदयविदारक घटना: छोराको प्रहारले बुबाको ज्यान लियो

धनकुटामा हृदयविदारक घटना: छोराको प्रहारले बुबाको ज्यान लियो

सत्तरी वर्षको उमेरमा पनि आफ्नै छोराको हेरचाहमा जीवनको साँझ बिताउने आशामा रहेका अमरध्वज लिम्बुका लागि बिहीबारको बिहान अन्तिम सावित भयो। जुन हातले कहिलेकाहीँ सानो छँदा छोरालाई हुर्काएका थिए, त्यही घरको आँगनमा एक बिहान आफ्नै सन्तानको प्रहारले सधैंका लागि आँखा चिम्लिनुपर्‍यो। रगतको नाता र मायाको साइनोलाई भुलेर क्षणिक रीसले जन्माएको यो घटनाले समाजलाई एउटै प्रश्न सोधेको छ, के हामी वृद्ध अभिभावकहरूलाई साँच्चै त्यति धैर्य र सम्मान दिन सक्छौं, जति उनीहरूले हामीलाई हुर्काउँदा दिएका थिए?

बिहीबार , भदौ ११ २०८३
बिहीबार , भदौ ११ २०८३
  • धनकुटामा हृदयविदारक घटना: छोराको प्रहारले बुबाको ज्यान लियो

    धनकुटा, भदौ ११ (२७ अगस्त)। धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलोढुंगामा आफ्नै छोराबाट कुटपिट खपेर ७० वर्षीय बुबाको मृत्यु भएको छ। मृतक अमरध्वज लिम्बुलाई उनका ३२ वर्षीय छोरा युवराज लिम्बुले बिहीबार बिहान करिब ५ बजे ४५ मिनेटमा काठको चिरपटले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ।

    प्रहरीका अनुसार, बिहीबार बिहान सबेरै ठूलोढुंगास्थित आफ्नै घरमा बुबा र छोराबीच भएको विवादले हिंसात्मक रूप लियो। यसै क्रममा छोरा युवराजले काठको चिरपटले बुबा अमरध्वजको टाउकोमा प्रहार गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भए। गम्भीर घाइते भएका अमरध्वजको उपचारको क्रममा मृत्यु भएको हो।

    घटनापछि स्थानीयको सूचनामा प्रहरी घटनास्थलमा पुगेको र थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घटनामा संलग्न आरोपमा छोरा युवराज लिम्बुलाई नियन्त्रणमा लिइएको छ भने घटनाको वास्तविक कारण र विवादको पृष्ठभूमिबारे थप जानकारी खोजिँदै छ।

    जिल्ला प्रहरी कार्यालय, धनकुटाले घटनाको अनुसन्धान थालेको छ। कानुनी प्रक्रियाअनुसार आरोपितलाई अदालतमा पेस गर्ने र मृतकको शव परीक्षणपछि थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट