रेश्मिका हत्या रहस्य कायमै: ३ जनालाई अदालतको सफाइ
रेश्मिका हत्या रहस्य कायमै: ३ जनालाई अदालतको सफाइ
३ जनालाई अदालतको सफाइ
जिल्ला अदालत खोटाङले रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका तीन जनाविरुद्ध चलेको मुद्दामा जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते फैसला सुनाएको हो। दोषी प्रमाणित नभएका कारण तीनैजनालाई सफाइ दिइएको श्रेस्तेदार रामचन्द्र मण्डलले बताए।
रेश्मिका २०८२ भदौ ३० गते राति मार्से सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन्। यस घटनापछि प्रहरीले क्रमशः विभिन्न व्यक्तिलाई संलग्नताको आरोपमा पक्राउ गर्दै आएको थियो, जसमा एक १६ वर्षीय किशोरलाई असोज १ गते पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।
अदालतको फैसलापछि पनि पीडित पक्षले अझै थप तीन जनाको यस हत्यामा संलग्नता रहेको दाबी गर्दै आएको छ। मुद्दा हेर्दा अदालतले प्रमाणको अभावमा उक्त तीन जनालाई सफाइ दिए पनि, वास्तविक दोषी पहिचान गर्ने प्रश्न भने अझै अनुत्तरित रहेको छ।