Sep 17 2026 | २०८३, असोज १ गते

१०% बोनस, १०% नगद: गरिमा विकास बैंकको ठूलो लाभांश घोषणा

१०% बोनस, १०% नगद: गरिमा विकास बैंकको ठूलो लाभांश घोषणा

गरिमा विकास बैंकको ठूलो लाभांश घोषणा

शुक्रबार, भदौ १९ २०८३
शुक्रबार, भदौ १९ २०८३
  • १०% बोनस, १०% नगद: गरिमा विकास बैंकको ठूलो लाभांश घोषणा

    काठमाडौं — गरिमा विकास बैंक लिमिटेडको मिति २०८३ भदौ १८ गते बिहीबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको ३५१औं बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरूलाई हाल कायम चुक्ता पुँजी रु. ६,०२,१३,४८,३६७।२२ (अक्षरुपी छ अर्ब दुई करोड तेह्र लाख अड्चालिस हजार तीन सय सतसत्तरी र पैसा बाइस मात्र) को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् शेयरधनीहरूलाई वितरण गरिनेछ।

    हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा चुक्ता पुँजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौं वार्षिक साधारणसभाबाट पारित भएपश्चात् विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा कायम हुनेछ।

    काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिएमसहित ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    यो जानकारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अनिल रेग्मीले प्रकाशित गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट