अर्थमन्त्री वाग्लेको भारत भ्रमण, हुनेछन् तीन उच्चस्तरीय भेटवार्ता
अर्थमन्त्री वाग्लेको भारत भ्रमण, हुनेछन् तीन उच्चस्तरीय भेटवार्ता
हुनेछन् तीन उच्चस्तरीय भेटवार्ता
काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार (असोज १ गते) नयाँदिल्ली प्रस्थान गर्नेछन्। भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीपछिको यो उनको पहिलो विदेश भ्रमण हो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार अर्थमन्त्री वाग्ले भारतमा रहँदा अन्य उच्चस्तरीय भेटवार्तामा समेत सहभागी हुनेछन्। सरकारी स्रोतअनुसार उनी असोज १ र २ गते भारतमा रहनेछन्।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने वाग्लेको भेटवार्ता तय भएको छैन। त्यस्तै, उनले भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन्, जहाँ उनी हस्पिटालिटी र वेलनेस क्षेत्रमा भारतीय लगानी भित्र्याउनेबारे छलफल गर्नेछन्।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल–भारत सहकार्य तथा भोटेकोशी विपद्पछिको पुनर्निर्माणका विषयमा छलफल गर्नेछन्। उच्चस्तरीय आर्थिक संवादमार्फत विद्यमान सहकार्यको समीक्षा गर्नुका साथै नयाँ सम्भावनाका क्षेत्र पहिचान गर्ने अवसर पनि यो भ्रमणले प्रदान गर्ने अपेक्षा गरिएको छ।
भारतीय अर्थमन्त्री सीतारमणको निमन्त्रणामा हुन लागेको यो भ्रमणले नेपाल र भारतबीच नियमित उच्चस्तरीय आर्थिक संवा