Sep 19 2024 | २०८१, असोज ३ गते

डाेनाल्ड ट्रम्पमाथि अर्काे फाैजदारी मुद्दाः जेल जान सक्ने आधार बलियाे हुँदै

डाेनाल्ड ट्रम्पमाथि अर्काे फाैजदारी मुद्दाः जेल जान सक्ने आधार बलियाे हुँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन १७ २०८०
  • डाेनाल्ड ट्रम्पमाथि अर्काे फाैजदारी मुद्दाः जेल जान सक्ने आधार बलियाे हुँदै

    अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ ।

    images
    images

    ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार आरोपहरू रहेकाे  छ ।

    मुद्दाको प्रतिरक्षाका लागि ट्रम्प आउँदो बिहीवार वासिङ्टन डिसीको अदालतमा उपस्थित हुनु पर्ने भएको छ ।

    पुनः राष्ट्रपतिको उम्मेदवारी प्रस्तुत भएका ट्रम्पले भने आफूले केही गलत नगरेको भन्दै आफूमाथि लगाइएको आरोपलाई बकवास भन्दै आएका छन् । 

    ट्रम्पलाई गोप्य कागजातहरू र आफ्नो बारेमा जानकारी लुकाउन पोर्नस्टारलाई पैसा तिरेको दुई वटा मुद्दामा यसअघि नै अभियोग लगाइएको थियो ।

    यसबाहेक ट्रम्पले थप तीन मुद्दा पनि खेपेका थिए । उनको कम्पनी विरूद्ध जालसाजीको मुद्दा परेको थियो । त्यसमा न्युयोर्क सहरको महान्यायाधिवक्ता कार्यालयले फौजदारी कानुन आकर्षित हुनेगरी अनुसन्धान गरेको थियो भने म्यानहटनले सार्वजनिक मुद्दा सम्बन्धी कानुन आकर्षित हुनेगरी मुद्दा अघि बढाएको थियो । गत डिसेम्बरमा ट्रम्पको कम्पनी दोषी देखिएपछि १ करोड ६० लाख जरिवाना तिर्नुपरेको थियो ।

    यस्तै, ट्रम्पका वित्तीय प्रमुख एलन विसल्वर्गलाई पाँच महिनाको जेल सजाय तोकिएको थियो । म्यानहटनले ट्रम्पको परिवारलाई नै सार्वजनिक मुद्दा चलाएको छ । अवैध तरिकाले अर्बौं सम्पत्ति जम्मा गरेको अभियोगको फैसला आगामी अक्टोबरसम्म आउने अपेक्षा गरिएको छ ।

    ट्रम्पमाथि न्याय तथा कानुन मन्त्रालयले ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब गराएको अभियोग लगाएको छ । उनले ती कागजात फ्लोरिडा पुर्याएको भन्दै उनको निवासमा छापा समेत मारिएको थियो । उनको निवासमा ११ हजार कागजात जफत गर्दा १०० कागजात वेपत्तामध्ये रहेको दाबी गरिएको छ ।

    ट्रम्पले जासुसी सम्बन्धी कानुनको उल्लंघन पनि गरेको भन्दै फौजदारी अभियोग चलाइएको छ । मुद्दा अभियोजन गर्दा भनिएको छ, ‘ट्रम्पले जासुसी सम्बन्धी कानुनको उल्लंघन मात्रै गरेका छैनन् छानबिनमा असहयोग गरेर न्यायमा अवरोध गरेका छन् ।’

    ट्रम्प गिरफ्तारमा पर्नसक्ने अर्को मुद्दा संसदमा भड्काएको दंगा हो । २०२१ को जनवरीमा जो बाइडेनको विजयपछि ट्रम्पका समर्थकहरूले संसदमा आक्रमण गरेका थिए। 

    राष्ट्रपती निर्वाचनको परिणाम अस्वीकार गर्दै उनले समर्थकहरूलाई आक्रमणका लागि उक्साएको आरोप लागेको छ । यस घटनामा १८ महिनासम्म संसदीय छानबिन चलेको थियो । यसलाई लिएर पनि फौजदारी मुद्दा चलाइएको छ । यस मुद्दामा बयानका लागि ट्रम्पलाई हालसम्म अदालत बोलाइएको छैन । तर छिट्टै बोलाउन सक्ने संभावना रहेको छ । 

    अहिले पनि ट्रम्पमाथि फौजदारी अभियोग लागेको हो । 

    आफूविरूद्धको अभियोगलाई ट्रम्पले ‘राजनीतिक प्रेरित’ भन्ने गरेका छन् । ‘ममाथि राजनीतिक प्रतिशोधका साथ मुद्दा चलाइएको छ । मेरो लोकप्रियताप्रति सबैलाई त्रास छ,’ उनको भनाइ छ । आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने उनको योजना छ । फौजदारी अभियोग पुष्टि भए ट्रम्पको अभिष्टमा ब्रेक लाग्नेछ ।

    पोर्नस्टार डेनिल्सको सवालमा पनि उनले इन्कारी जवाफ दिएका छन् । पोर्नस्टारसँग कुनै सम्बन्ध नरहेको ट्रम्पको जवाफ छ ।

    ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुन् जसविरुद्ध फौजदारी मुद्दा चलेकाे छ ।  गल्फ टुर्नामेन्टको दौरानमा पोर्नस्टार स्टर्मी ड्यानियल र डोनल्ड ट्रम्पबीच भेटघाट भएको थियो । टुर्नामेन्ट सकिएपछि पोर्नस्टारलाई आफ्नो होटलको कोठामा बोलाउँदै एक टेलिभिजन शोमा काम लगाइदिने बाचा गरेपछि उनीहरुबीच शारिरीक सम्बन्ध भएको थियोे । अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि अक्टोबर २०१६ मा पोर्नस्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर तिरेको दाबी गरिएको थियो ।

    यो पैसा उनले ट्रम्पसँगको शारिरीक सम्बन्ध बारेमा सार्वजनिक नगर्ने सम्झौता अन्तर्गत ट्रम्पले दिएका थिए । कानुनी रूपमा यो भुक्तानी अवैध थिएन तर जब ट्रम्पले डेनियललार्ई भुक्तानी गरे उनले यसलाई कानुनी शुल्कको रूपमा जोडका थिए । जुन न्युयोर्कमा आपराधिक कार्य हुन्छ । किनभने ट्रम्पले स्टर्मी डेनियललाई गरेको भुक्तानी लुकाउने प्रयास गरेका थिए ताकि उनले आफ्नो र डेनियलबीचको सम्बन्धलाई मतदाताहरूबाट लुकाउन ट्रम्पले प्रयास गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार