images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

२२ साउनदेखि सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा, यस्तो छ मूल्य 

२२ साउनदेखि सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा, यस्तो छ मूल्य 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • २२ साउनदेखि सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा, यस्तो छ मूल्य 

    नेपाली बजारमा सुजुकीका जिम्नी र फ्रोन्क्स यही साउन २२ गतेबाट उपलब्ध हुने भएका छन् । 

    images
    images
    images

    सुजुकी एसयूभी नेपालका सबै सुजुकी शोरुमहरूमा हेर्न र टेस्ट ड्राईभ गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साउन २२ गते सोमवारबाट सबै सुजुकी शोरुमहरूमा जिम्नी र फ्रोन्क्स अनावरण गरिने छ । 

    नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी माटोक्रप तथा सिजी नेक्स्डजेनले सो एसयूभीहरू बुकिङ गत असार २९ गतेदेखि नै खुला गरेको थियो । 

    नेपाली बजारमा प्रतीक्षित कारमध्ये एक सुजुकी जिम्नीको शुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । 

    अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू रहेको कम्पनीको दाबी छ ।
    नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो ।  

    ‘द फेस अफ न्यू एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरूले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले जनाएको छ । 

    प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरूले सजिएको फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने कम्पनीको विश्वास छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार