Sep 19 2024 | २०८१, असोज ३ गते

अमेरिकाको हवाईमा आगलागी हुँदा ५३ जनाको मृत्यु

अमेरिकाको हवाईमा आगलागी हुँदा ५३ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन २६ २०८०
  • अमेरिकाको हवाईमा आगलागी हुँदा ५३ जनाको मृत्यु

    काठमाडौँ ।  अमेरिकाको पश्चिमी टापु प्रान्त हवाईको माउइमा भीषण आगलागीबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ।

    images
    images

    सिएनएनका अनुसार आगलागीमा परी बिहीबारसम्म ५३ जनाको मृत्यु भएको र मृतकको संख्या अझै बढ्ने सम्भावना छ।

    हवाईका गभर्नर जोस ग्रिनले आगलागीले पर्यटकीय शहर लहाइनालगायत क्षेत्रमा आगलागीबाट १००० भन्दा बढी संरचना ध्वस्त भएको र हजारौं विस्थापित भएको बताएका छन्।

    आगलागी नियन्त्रणका लागि अमेरिकी कोस्ट गार्डको हेलिकप्टर र सयौं अग्नि नियन्त्रक यन्त्र  र जनशक्ति परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन।

    त्यहाँ समुद्री आँधी र हावाहुरीले आगलागी थप फैलाएको अधिकारीहरूले बताएका छन्। अहिले जलन र श्वासप्रश्वासका बिरामीले माउइका अस्पतालहरू भरिएको पनि सिएनएनले उल्लेख गरेको छ। आगलागी प्रभावित क्षेत्रहरूमा टेलिफोन, इन्टरनेट र विद्युत् अवरूद्ध छ। अवरूद्ध सेवा खुलाउन प्राविधिकहरू लागिरहेका छन्।

    गभर्नर ग्रिनले आगलागीबाट करौडौं डलर बराबरको क्षति भएको र पुननिर्माणमा पनि वर्षौं लाग्ने बताएका छन्। अहिले भौतिक संरचनाभन्दा मानव जीवन रक्षालाई प्राथमिकता दिएर उद्धार र आगलागी नियन्त्रणको काम भइरहेको उनले बताएका छन्।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आगो नियन्त्रणका लागि उपलब्ध सबै साधन स्रोत उपयोग गर्न निर्देशन दिइसकेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार