images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

घर बनाउन पैसा पुगेन् ? अब तपाईलाई दिनेछ नबिल बैंकले 'ढुक्क घर कर्जा’ !

घर बनाउन पैसा पुगेन् ? अब तपाईलाई दिनेछ नबिल बैंकले 'ढुक्क घर कर्जा’ !

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २९ २०८०
  • घर बनाउन पैसा पुगेन् ? अब तपाईलाई दिनेछ नबिल बैंकले  'ढुक्क घर कर्जा’ !

    काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ ।

    images
    images
    images

    बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउन दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको हो ।

    बैंकले ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरको योजना रहेको छ ।

    बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठका अनुसार हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनको कुरालाई ध्यानमा राखेर ‘नबिल ढुक्क घर कर्जा’ ल्याइएको हो ।

    नयाँ योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुने बैंकको भनाइ छ ।

    बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् । योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार