images

Sep 30 2026 | २०८३, असोज १४ गते

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु

    काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी  हत्या गरिएको थियो ।

    “गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका तीन जनाको मृत्यु भएको छ,“ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।

    हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म राज्यमा १५० भन्दा बढीको ज्यान गएको छ । भीडले तोडफोड र आगजनी गरेको छ, जसमा सयौं घर र पसलहरू जलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट