Sep 19 2024 | २०८१, असोज ३ गते

रुसी अन्तरिक्ष लुना-२५ चन्द्रमामा दुर्घटनाग्रस्त

रुसी अन्तरिक्ष लुना-२५ चन्द्रमामा दुर्घटनाग्रस्त

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ ३ २०८०
  • रुसी अन्तरिक्ष लुना-२५ चन्द्रमामा दुर्घटनाग्रस्त

    काठमाडौँ । रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ । रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो ।  चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो ।

    images
    images

    यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो । स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना९२५ को सम्पर्क टुटेको थियो । ' अकल्पनीय कक्षमा यान पुग्यो चन्द्रमाको सतहमा पुगेर दुर्घटनाग्रस्त भयो,' रस्मोकसले भनेको छ ।

    दक्षिणी ध्रुवमा भारतभन्दा पहिला पुग्ने रुसको यो होड असफल भएको छ । भारतले आफ्नो चन्द्रयान-३ यसै साता चन्द्रामाको सतहमा अवतरण गराउँदै छ ।

    हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार