Sep 19 2024 | २०८१, असोज ३ गते

साउदीमा नियम उल्लंघन गर्ने १५ हजार बढी कामदार पक्राउ 

साउदीमा नियम उल्लंघन गर्ने १५ हजार बढी कामदार पक्राउ 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • साउदीमा नियम उल्लंघन गर्ने १५ हजार बढी कामदार पक्राउ 

    काठमाडौँ । साउदी सरकारले गैरकानुनी कामदारमाथि धरपकड तीब्र पारेसँगै थप १५ हजार २४५ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । 

    images
    images

    एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार २४५ जना पक्राउ परेका हुन् । साउदीको गृह मन्त्रालयका अनुसार अगस्ट १० देखि १६ तारिख सम्मको सातामा राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ८ हजार ५३९, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार २ सय ५३ र श्रम कानून उल्लंघन गर्ने २ हजार ४ सय ५३ जना रहेका छन् । राज्यमा सीमा पार गर्न खोज्दा ८ सय २९ जना व्यक्तिहरू पक्राउ परेका थिए, ५३ प्रतिशत यमनी, ४४ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रका थिए भने ६० जना उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानका लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।

    यी मध्ये कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ३ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पूरा गरी देश निकाला गरिने जनाएको छ ।

    घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धरपकड अभियान तीब्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार