images

Sep 30 2026 | २०८३, असोज १४ गते

चीनले प्रतिबन्ध लगाएसंगै एप्पललाई दुई दिनमा २०० अर्बको घाटा

चीनले प्रतिबन्ध लगाएसंगै एप्पललाई दुई दिनमा २०० अर्बको घाटा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • चीनले प्रतिबन्ध लगाएसंगै एप्पललाई दुई दिनमा २०० अर्बको घाटा

    काठमाडौँ । चाइनाले प्रतिबन्ध लगाएपछि अमेरिकी टेक्नोलोजी जायन्ट एप्पलले लगातार दुई दिनमा २०० अर्ब अमेरिकी डलर गुमाएको छ । 

    बिहीबारमात्रै चीनले सरकारी संस्था र कर्मचारीहरूलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार बाहिरिएको थियो । एप्पलमा दुई दिनमा करिब सात प्रतिशतको गिरावट आएको छ भने, क्वालकम, माइक्रोन टेक्नोलोजी, माइक्रोसफ्ट र एनभिडिया जस्ता अन्य कम्पनीहरूको सेयरमा पनि गिरावट आएको छ ।

    चीनले आइफोनमाथि प्रतिबन्ध लगाएसँगै यससँग सम्बन्ध व्यापार गरिरहेकाहरूले आफ्नो सम्पत्ति बिक्री गर्न थालेका छन् । एप्पलबाहेक चीनमा निर्माण र बिक्रीका लागि निर्भर रहेका अमेरिकी कम्पनीहररूमा चिन्ता बढेको छ ।

    एप्पलको चिनियाँ बजार ठूलो करिब १९ प्रतिशत रहेको छ भने, उत्पादन पूर्वाधारका लागि पनि यो बेइजिङमा निर्भर छ । 

    अमेरिकाले सन् २०१९ मा नै चिनियाँ प्रविधि जायन्ट हुवावे र अन्य दर्जनौँ कम्पनीमाथि व्यापारसहितको पूर्ण प्रतिबन्ध लगाएको थियो । चीनले भने, अहिले आएर सरकारी अधिकारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट