images

Sep 30 2026 | २०८३, असोज १४ गते

स्विच अन रिटेलकाे काठमाडौंको न्युरोडमा चौथो शोरुम 

स्विच अन रिटेलकाे काठमाडौंको न्युरोडमा चौथो शोरुम 

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • स्विच अन रिटेलकाे काठमाडौंको न्युरोडमा चौथो शोरुम 

    मोबाइल फोन र घरायसी इलेक्ट्रोनिक्सहरूको मल्टिब्रान्ड स्टोर स्विच अन रिटेल प्रा. लि. ले आफ्नो चौथो आउटलेट रणमुक्तेश्वर, न्युरोड, काठमाडौंमा खोलेको छ। स्वीच अन रिटेल प्रा.लि.की प्रबन्ध निर्देशक  सीमा गोल्छाले स्टोरको उद्घाटन गरेकी हुन् ।

    विगत ६ वर्ष देखि ग्राहकको बलियो विश्वास र मायाले कम्पनीलाई यो आर्थिक वर्षभित्र तीनवटा नयाँ शोरुम खोल्न प्रेरित गरेको छ। न्युरोड आउटलेटले ग्राहकहरूलाई विभिन्न योजनाहरु जस्तै किस्ताबन्दी र एक्सचेन्ज सुबिधा उपलब्ध गराउनेछ। 

    यस क्षेत्रको अरु पसल भन्दा स्विच अन रिटेल कसरी फरक छ भन्ने प्रश्नमा  गोल्छाले टिप्पणी गरिन, “ग्राहकहरूसँग नजिकको सम्बन्ध कायम राख्ने आकांक्षामा  सामान उचित मूल्यमा उपलब्ध गराउने मात्र नभई सहज तरिकाले गुणस्तरीय सामान खरिद गर्न विभिन्न योजनाहरु  उपलब्ध गराउनेछ्र”

    स्टोरले किस्ता योजना अन्तर्गत ०% ब्याज दरमा न्यूनतम प्रक्रिया पुरा गरेर सामान उपलब्ध गराउनेछ — जस्तै Samsung फोन किस्तामा किन्न नागरिकता र दुई प्रति फोटो काफी हुन्छ। एक्सचेन्ज सुविधाले ग्राहकहरूलाई टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर वा मोबाइल फोनहरू नयाँ उत्पादनहरूमा अपग्रेड गर्न सुविधा दिन्छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट