images

Sep 30 2026 | २०८३, असोज १४ गते

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर 

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ १८ २०८१
  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर 

    न्यूयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले सबै फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । यससँगै उनी अपराधमा दोषी ठहरिएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बनेका छन् ।
     
    अदालतले योनकर्मी स्टोर्मी डेनियल्सलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा उनलाई दोषी ठहर गरेको हो । सिद्धान्ततः उनलाई प्रत्येक अभियोगका लागि चार वर्षको जेल सजाय हुन सक्छ तर निगरानीको अवधिलाई गणना गर्ने सम्भावना बढी हुन्छ ।
     
    बिना जमानत रिहा भएका ७७ वर्षीय रिपब्लिकन नेतालाई दोषी ठहर गरेसँगै उनलाई एक अपराधीका रूपमा हेरिनेछ । राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा वर्णन गरिने अमेरिकाका लागि यो पहिलो ऐतिहासिक र आश्चर्यजनक घटना हो ।

    यद्यपि, जेल जाने सम्भावना नै किन नहोस्, ट्रम्पलाई नोभेम्बरमा राष्ट्रपति जो बाइडनलाई सत्ताच्यूत गर्न आफ्नो लडाई जारी राख्नबाट रोक लगाइएको छैन । 

    ट्रम्पका वकिल टोड ब्लान्चेले आफ्नो टोलीले जतिसक्दो चाँडो अपिल गर्ने तयारी गरिरहेको बताएका छन भने ट्रम्प आफैले आदेशप्रति तत्काल प्रतिवाद गरेका छन् । 
     
    “म निकै निर्दोष मानिस हु”, ट्रम्पले पत्रकारहरूसँग भने, “वास्तविक फैसला चुनावको दिन मतदाताबाट आउनेछ । उनले यो मुद्दालाई ‘धाँधलीपूर्ण’ र ‘अपमान’ को संज्ञा दिएका छन् ।
     
    ‘कोही पनि कानुनभन्दा माथि छैन’ भन्ने फैसलाले देखाएको ट्रम्पलाई दोषी ठहर गर्ने अदालतको आदेशपछि बाइडेनको चुनावी अभियानले एक विज्ञप्ति जारी गर्दै बताएको छ । “ट्रम्पले हाम्रो लोकतन्त्रका लागि जुन खतरा खडा गर्नुभएको थियो, त्यो भन्दा ठूलो खतरा कहिल्यै थिएन,” विज्ञप्तिमा भनिएको छ ।
     
    न्यायाधीश जुआन मर्चनले मिल्वौकीमा हुने रिपब्लिकन नेसनल कन्भेन्सनको चार दिनअघि जुलाई ११ का लागि सजाय सुनाउने आदेश दिएका छन् । बाह्र सदस्यीय निर्णायक मण्डलले दुई दिनसम्म ११ घण्टाभन्दा बढी छलफल गरेको थियो र केही मिनेटमै फोरम्यानले सर्वसम्मत निष्कर्ष पढेर सुनाएको थियो ।
     
    मर्चनले ‘कठिन र तनावपूर्ण कार्य’ पूरा गरेकोमा निर्णायक मण्डललाई धन्यवाद दिए ।
     
    माफिया वा अन्य हिंसात्मक प्रतिवादीहरूको मामलामा प्रायः देखिने दुर्लभ अभ्यास अन्तर्गत उनीहरूको पहिचानलाई कार्यवाहीको दौडान गोप्य राखिएको थियो । 

    ट्रम्पमाथि बाइडेनले जितेको सन् २०२० को चुनावको परिणाम उल्टाउन षडयन्त्र गरेको र ह्वाइट हाउस छोडेपछि गोप्य कागजातहरू जम्मा गरेको आरोप पनि लागेको छ ।
     
    यद्यपि, राष्ट्रपतिको चुनाव भन्दा पहिले यी मुद्दाहरू सुरु हुने सम्भावना छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट