images

Sep 30 2026 | २०८३, असोज १४ गते

मोदीले प्रधानमन्त्रीबाट राजीनामा दिए, शनिवार नयाँ प्रधानमन्त्रीको शपथ

मोदीले प्रधानमन्त्रीबाट राजीनामा दिए, शनिवार नयाँ प्रधानमन्त्रीको शपथ

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • मोदीले प्रधानमन्त्रीबाट राजीनामा दिए, शनिवार नयाँ प्रधानमन्त्रीको शपथ

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न बुधबार उनले राष्ट्रपति दौपदी मुर्मूसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति मुर्मूले पनि प्रधानमन्त्री मोदीको राजीनामा बुधवारै स्वीकृत गरेकी छिन् ।  

    चाँडै राष्ट्रपति मुर्मूले नयाँ सरकार गठनका लागि आह्वान गर्ने र आगामी शनिवार नयाँ प्रधानमन्त्रीले शपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हालै भएको आम निर्वाचनमा मोदी आबद्ध दल भारतीय जनता पार्टी (भाजपा) भारतको लोकसभामा बहुमत ल्याउनबाट चुकेको छ ।  यद्यपि, गठबन्धनको सहयोग लिएर फेरि मोदी नै प्रधानमन्त्री हुने सम्भावना प्रबल छ ।भाजपाले २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट