images

Jul 27 2024 | २०८१, साउन १२ गते

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त 

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त 

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ २६ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ २६ २०८१
  • नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त 

    नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै राष्ट्रपति मुर्मुले मोदीलाई मन्त्रिपरिषद्को गठन गर्न अनुमति दिएकी छन् ।

    images

    राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका अन्य सदस्यको शपथ जुन ९ आइतबार साँझ ७:१५ बजे राष्ट्रपति भवनमा हुने भएको छ ।

    यसअघि आजै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए । उनलाई आजै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार