Aug 11 2026 | २०८३, साउन २६ गते

सामसङ स्मार्ट प्लाजा खुल्यो महाराजगञ्जमा

सामसङ स्मार्ट प्लाजा खुल्यो महाराजगञ्जमा

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १२ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १२ २०८१
  • सामसङ स्मार्ट प्लाजा खुल्यो महाराजगञ्जमा

    काठमाडौँ । महाराजगञ्ज स्थित हिम इलेक्ट्रोनिक्सको नयाँ सामसङ स्मार्ट प्लाजाको भव्य उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक  इन सु किम र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छा द्वारा संयुत रुपमा भयो, जसले सामसङ र गोल्छा ग्रुप बीचको बलियो सहकार्यलाई झल्काउँछ। शोरुमको उद्घाटनमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाको पनि उपस्थिति थियो ।

    images

    अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले  इन्स्टा फाइनान्स मार्फत हुलास फिन सर्भ सँगको सहकार्यमा फाईनान्स सुविधा उपलब्ध गराउदै आएको छ जुन सामसङ प्लाजामा पनि लिन सकिन्छ। साथै, एक्सचेन्ज सुविधाले सजिलैसँग नयाँ उत्पादनमा अपग्रेड गर्न अवसर प्रदान गर्छ र सुविधालाई अझ सरल बनाउँछ।

    हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले उद्घाटन समारोहमा आफ्नो उत्साह व्यक्त गर्दै भने, “महाराजगञ्जस्थित हाम्रो नयाँ सामसङ स्मार्ट प्लाजा थप हुनु हाम्रो प्रगतिको प्रमाणमात्र नभई हाम्रा ग्राहकहरूलाई उन्नत प्रविधि नजिक ल्याउने प्रतिबद्धताको प्रतिक पनि हो। यस विशिष्ट शोरुमले हाम्रो ग्राहकको समग्र सामसङ सँगको अनुभवलाई  माथि उठाउने प्रतिबद्धतालाई झल्काउँछ।”

    यो नयाँ सामसङ स्मार्ट प्लाजा नेपालमा हिम इलेक्ट्रोनिक्स अन्तर्गतको सामसङको १३ औं शोरुम हो्र ग्राहकहरूलाई प्रत्यक्ष रूपमा सामसङको उच्च गुणस्तर र नवीनतम प्रविधिको अनुभव गराउनका लागि डिजाइन गरिएको जीएसआई ४.०(अनुरूपको यस प्लाजाले सामसङका घरायसी उपकरणहरू, अडियो भिजुअल उपकरणहरू, र नवीनतम स्मार्टफोनहरूको पहुँचलाई अझै नजिक ल्याएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट