वातावरण क्षेत्रमा चीनको नयाँ कदम : नवप्रवर्तन प्रवर्द्धन गर्दै
वातावरण क्षेत्रमा चीनको नयाँ कदम : नवप्रवर्तन प्रवर्द्धन गर्दै



चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ ।
सन् २०३५ सम्म प्रविधि र उच्च–स्तर विज्ञान–टेक प्रतिभाको सुधार सङ्ग क्षेत्रको नवीनता प्रणालीको समग्र दक्षता उल्लेखनीय रूपमा बढाइनेछ ।
दिशानिर्देश अनुसार चीनले यस क्षेत्रको वैज्ञानिक र प्राविधिक प्रणालीको सुधारलाई गहिरो बनाउने र देशको पारिस्थितिक तथा वातावरणीय शासन क्षमतालाई थप सुधार गर्ने छ ।
यसले आविष्कारको लागि खुला र समावेशी वातावरण सिर्जना गर्नेछ । साथै, आधारभूत अनुसन्धान, प्रमुख प्राविधिक सफलता, वैज्ञानिक र प्राविधिक उपलब्धिको रूपान्तरण र स्थानान्तरणमा सुधार गर्ने योजनाहरू लागू गर्नेछ ।
यी योजनाहरुको कार्यान्वयन सुनिश्चित गर्न आर्थिक सहयोग र खुला सहकार्यलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ ।