images

Sep 30 2026 | २०८३, असोज १४ गते

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १७ २०८१
  • अमेरिकाको मिनेसोटामा विमान दुर्घटना

    अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ।

    सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२ः२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो ।

    दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले विमानमा रहेका कोही पनि जीवित नभएको जनाएका छन् ।

    “आयोवाको डेस मोइनेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मिनियापोलिसको अनोका काउन्टी–ब्लेन विमानस्थलतर्फ गइरहेको विमान उड्दासाथ दुर्घटनाग्रस्त भएको हो, अमेरिकी सङ्घीय उड्डयन प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

    नजिकैका प्रत्यक्षदर्शीहरूले स्थानीय टिभी स्टेशन केआरई ११ लाई बताएअनुसार विमान दुर्घटनापछि ब्रुकलिन पार्कको एक घरमा आगो लागेको थियो। 

    अग्निनियन्त्रण अधिकारीले पत्रकार सम्मेलनमा दुर्घटना र आगलागीको समयमा घरमा कोही पनि नभएको बताएका छन् ।

    अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा समितिले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट