images

Sep 30 2026 | २०८३, असोज १४ गते

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २ २०८२
  • सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

    चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जलि अर्पण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भ्रमणले संयुक्त राज्यलाई ‘बिगार्ने’ लक्ष्य राखेको बताएका छन् ।

    मलेसिया र कम्बोडिया समावेश हुने दक्षिणपूर्वी एसिया भ्रमणको एक हिस्साका रूपमा सी भियतनाममा छन् । ती मुलुकका नेताहरूले अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको बेला बेइजिङले आफूलाई ट्रम्पको स्थिर विकल्पका रूपमा स्थापित गर्न खोजिरहेको छ । 

    बेइजिङको सरकारी मिडियाका अनुसार चिनियाँ राष्ट्रपति सीले सोमबार आफ्नो देश र भियतनामलाई ‘एकपक्षीय धम्कीको विरोध गर्न र विश्वव्यापी स्वतन्त्र व्यापार प्रणालीको स्थिरतालाई कायम राख्न’ आह्वान गरे ।

    केही घण्टापछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई उनीहरूको बैठक संयुक्त राज्यलाई चोट पु¥याउने उद्देश्यले थियो भने ।

    “म चीनलाई दोष दिन्नँ । म भियतनामलाई दोष दिन्नँ । म दिन्नँ । मैले देखेँ कि उनीहरू आज भेट्दैछन्, र त्यो अद्भुत छ”, उनले भने, “त्यो एक सुन्दर बैठक हो... हामीले संयुक्त राज्य अमेरिकालाई कसरी बिगार्ने भनेर पत्ता लगाउने प्रयास जस्तै ।”

    चीन र भियतनामले सोमबार आपूर्ति शृङ्खला, कृत्रिम बौद्धिकता ९एआई०, संयुक्त समुद्री गस्ती र रेलमार्ग विकास सहित ४५ सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सीले सोमबार भियतनामका शीर्ष नेता तो लामसँगको बैठकमा उनीहरूको देशहरू ‘इतिहासको निर्णायक विन्दुमा उभिएका छन्... र संयुक्त हातहरू अगाडि बढ्नुपर्छ’ भने ।

    भियतनाम समाचार एजेन्सीका अनुसार लामले वार्तापछि दुई नेताले ‘धेरै महत्त्वपूर्ण र व्यापक साझा धारणाहरू प्राप्त गरेको’ बताए ।

    – रेल लिङ्क –

    आफ्नो भ्रमणको अन्तिम दिन सीले मध्य हनोईमा स्वर्गीय नेताको समाधिमा आफ्नो नाम र ‘भियतनामका महान नेता राष्ट्रपति हो ची मिन्ह दीर्घायु रहुन्’ शब्दहरू अङ्कित रातो माला चढाए ।

    उनी भियतनाम–चीन रेलवे सहयोगको शुभारम्भमा पनि सहभागी हुने कार्यक्रम छ । उक्त रेलवेले यस वर्ष घोषणा गरिएको भियतनामको सबैभन्दा ठूलो उत्तरी बन्दरगाह सहरलाई चीनसँगको सिमानामा जोड्ने आठ अर्ब डलरको रेल परियोजना व्यवस्थापन गर्न मद्दत गर्नेछ ।

    उत्पादन पावरहाउस भियतनामको वर्षको पहिलो तीन महिनामा सबैभन्दा ठूलो निर्यात बजार संयुक्त राज्य अमेरिकाले विश्वव्यापी भन्सार अभियानको हिस्साका रूपमा भियतनामी सामानहरूमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको लगभग दुई हप्तापछि सीको भ्रमण भएको हो ।

    भियतनाम र अन्य धेरै देशमा अमेरिकी करहरू रोकिए पनि चीनले अझै पनि ठूलो भन्सार शुल्कको सामना गरिरहेको छ र क्षेत्रीय व्यापार सम्बन्धलाई कडा बनाउन र सीको यस वर्षको पहिलो विदेश भ्रमणका क्रममा तिनीहरूको प्रभावलाई कम गर्न खोजिरहेको छ ।

    सी मङ्गलबार पछि मलेसिया र त्यसपछि कम्बोडिया जानुहुने र यसले व्यापक क्षेत्रका लागि ‘प्रमुख महत्त्व राख्ने’ बेइजिङले बताएको छ ।

    यसअघि सीले भियतनाम र चीनलाई ‘बहुपक्षीय व्यापार प्रणाली, स्थिर वैश्विक औद्योगिक र आपूर्ति शृङ्खला र खुला र सहकारी अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्न’ आग्रह गरेका थिए ।

    उनले सोमबार भियतनामको प्रमुख राज्यद्वारा सञ्चालित नहान दान अखबारमा प्रकाशित एउटा लेखमा ‘व्यापार युद्ध र भन्सार शुल्क युद्धले कुनै विजेता उत्पादन गर्दैन र संरक्षणवादले कतै नेतृत्व गर्दैन’ भन्ने बेइजिङको लाइनलाई पनि दोहोर्‍याए ।

    दुवै कम्युनिस्ट पार्टीद्वारा शासित चीन र भियतनाम पहिले नै ‘व्यापक रणनीतिक साझेदारी’ साझा गर्दछन् जुन हनोईको सर्वोच्च कूटनीतिक स्थिति हो ।

    भियतनामले चीन र संयुक्त राज्य अमेरिका दुवैसँग राम्रो सर्तमा रहन प्रयास गर्दै लामो समयदेखि ‘बाँस कूटनीति’ दृष्टिकोण अपनाएको छ । 

    बाँस कूटनीतिले लचिलोपन र स्वतन्त्रताको सिद्धान्तमा निहित विदेशी सम्बन्धमा भियतनामको विशिष्ट दृष्टिकोणलाई जनाउँछ । यो अवधारणाले भियतनाममा गहिरो सांस्कृतिक महत्त्व राख्ने बाँसको बोटबाट प्रेरणा लिन्छ राख्छ ।

    दुई देशबीच घनिष्ठ आर्थिक सम्बन्ध छ तर हनोईले विवादित दक्षिण चीन सागरमा बेइजिङको बढ्दो दृढताबारे अमेरिकाको चिन्ता साझा गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट