images

Sep 30 2026 | २०८३, असोज १४ गते

भन्सार युद्धबारे अमेरिकाको टिप्पणी -‘बल चीनको कोर्टमा छ’

भन्सार युद्धबारे अमेरिकाको टिप्पणी -‘बल चीनको कोर्टमा छ’

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख ३ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख ३ २०८२
  • भन्सार युद्धबारे अमेरिकाको टिप्पणी -‘बल चीनको कोर्टमा छ’

    काठमाडौँ । “बल चीनको कोर्टमा छ। चीनले हामीसँग डील गर्नुपर्छ, हामीले उनीहरूसँग डील गर्नुपर्दैन। ” यो कथन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हो, जुन ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार पत्रकार सम्मेलनमा पत्रकारहरूलाई पढेर सुनाइन्।

    विज्ञप्तिमा भनिएको छ, “चीनले चाहेको कुरा हामीसँग छ : अमेरिकी उपभोक्ताहरू।” प्रेस सचिव लेविटले भनिन्, “राष्ट्रपतिले फेरि एक पटक स्पष्ट पारेका छन् कि उनी चीनसँग व्यवहार गर्न इच्छुक छन्, तर चीनले अमेरिकासँग डील गर्नुपर्छ।”

    चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अधिकारीहरूले आफ्ना व्यापारिक सहयोगीहरूलाई अमेरिकी भन्सार शुल्क विरुद्ध एकताबद्ध हुन र “अन्तसम्म लड्ने” वाचा गर्न आग्रह गरेका छन्।

    तर चीनले अमेरिकासँग वार्ताको लागि “ढोका खुला” रहेको पनि बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट