images

Sep 30 2026 | २०८३, असोज १४ गते

इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार

इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २१ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २१ २०८२
  • इजरायली विमानस्थलमा यमनी क्षेप्यास्त्र प्रहार

    यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र आइतबार इजरायलको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खसेको इजरायली अधिकारीहरूले बताएका छन् ।

    यमनी हुथी विद्रोहीले शृङ्खलाबद्ध रूपमा इजरायली भूमिलाई लक्षित गरी आक्रमण हुनेगरेका भएपनि पछिल्लो यो क्षेप्यास्त्र आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

    तेल अभिवबाहिर बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै क्षेप्यास्त्र प्रहार भएको सेनाले बताएको छ । यमनको क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण उक्त आक्रमण भएको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।
     
    प्रहरीका केन्द्रीय जिल्ला प्रमुख याइर हेज्रोनीले घटनास्थलमा प्रहरीले जारी गरेको एक भिडियोमा भनेका छन्, “तपाईंले हाम्रो ठीक पछाडिको क्षेत्र देख्न सक्नुहुन्छः यहाँ धेरै चौडा र कैयाँं मिटर मिटर गहिरो खाडल बनेको छ ।” 

    प्रहरी फुटेजमा अधिकारीहरू बगैँचामा रहेको खाल्डोको किनारामा उभिरहेको र टाढाबाट विमानस्थलको कन्ट्रोल टावर देखिन्छ । 

    एएफपीका एक पत्रकारले जेरुसेलम र विमानस्थलमा भएको विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् । क्षेप्यास्त्र प्रहारका कारण अवरुद्ध भएको केही समयपछि बेन गुरिओनमा विमानको आवागमन पुनः सुरु भएको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ ।

    उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिले विमानस्थल खुला गरी र आवागमन भइसकेको छ ।”

    इजरायली रक्षामन्त्री इजराइल काट्जले घटनाको पुष्टि गर्दै बदला लिने चेतावनी दिँदै भनेका छन्, “जसले हामीलाई प्रहार गर्छ, हामी उसलाई सात गुणा कडा प्रहार गर्नेछौँ ।”

    यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका इरान समर्थित हुथी विद्रोहीले गाजा युद्धका क्रममा इजरायल र रेड सीको पानीजहाजलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका छन् ।

    शनिबार हुथी विद्रोहीसमूहले इजरायलमाथि दुई दिनमा तेस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको थियो । सन् २०२३ मा गाजा युद्ध सुरु भएयता हुथी विद्रोहीले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र इजरायली हवाई सुरक्षा बलले रोकेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट