images

Sep 30 2026 | २०८३, असोज १४ गते

कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत

कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १२ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन १२ २०८२
  • कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत

    काठमाडौँ । कम्बोडिया र थाइल्याण्ड बिना शर्त युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शत्रुता जारी रहे व्यापार वार्ता पुनः सुरु नगर्ने चेतावनी दिएपछि दुई पक्ष युद्धविराम गर्न सहमत भएका हुन्।  मलेसियाका नेता अनवर इब्राहिमले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाई कार्यवाहक नेता फुम्थम वेचायचाईले तत्काल युद्धविरामका लागि इच्छा व्यक्त गरेको बताए। नेता अनवरले थाइल्याण्ड र कम्बोडियामा मध्यरातदेखि लागू हुनेगरी तत्काल र बिना शर्त युद्धविराम हुने बताए। उनले भने,‘यो तनाव कम गर्ने र शान्ति र सुरक्षाको पुनर्स्थापनाका लागि एक महत्त्वपूर्ण पहिलो कदम हो।’

    कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बैठक राम्रो भएको भन्दै तुरुन्तै लडाईं रोक्ने आशा व्यक्त गरे।  द्वन्द्वबाट दुवै पक्षका तीन लाख मानिस विस्थापित भएको उनले बताए। 

    प्रधानमन्त्री मानेटले मध्यस्थतामा संलग्न भएकोमा अनवर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ सरकारलाई धन्यवाद दिए। उनले वार्तामा रचनात्मक संलग्नताका लागि आफ्ना थाई समकक्षी फुमथम वेचायचाईलाई पनि धन्यवाद दिए।  

    युद्धविराम लागू भएपछि दुवै देशका सैन्य कमाण्डरहरूले अनौपचारिक बैठक गर्ने अनवरले बताए ।  कार्यवाहक थाई प्रधानमन्त्री फुम्थम वेचायचाईले  युद्धविरामबारे आफ्नो देशले सद्भावनाका साथ वार्ता गरेको बताए। उनले थाईल्याण्ड शान्तिप्रति प्रतिबद्ध रहेको बताए। मलेसियाको मध्यस्थता थाइल्याण्ड–कम्बोडियाबीच वार्ता भएको हो।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट