images

Sep 30 2026 | २०८३, असोज १४ गते

उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा , ११ जनाको मृत्यु, ४ घाइते

उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा , ११ जनाको मृत्यु, ४ घाइते

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन १८ २०८२
  • उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा , ११ जनाको मृत्यु, ४ घाइते

    उत्तरप्रदेशको गोंडा जिल्लामा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

    १५ जना सवार तीर्थयात्री बोकेको जिप आइतबार इटियाथोकस्थित बेलवा बहुता रेहरा पुल नजिकै नहरमा खसेको छ ।

    इटियाथोक प्रहरीका अनुसार दुर्घटनामा परेका तीर्थयात्रीहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथ जलाभिषेकका लागि जाँदै थिए ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

    यसैगरी मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट