images

Sep 30 2026 | २०८३, असोज १४ गते

चिनियाँ वैज्ञानिकको भरमा चीनलाई टक्कर दिँदै अमेरिका

चिनियाँ वैज्ञानिकको भरमा चीनलाई टक्कर दिँदै अमेरिका

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ४ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ४ २०८२
  • चिनियाँ वैज्ञानिकको भरमा चीनलाई टक्कर दिँदै अमेरिका

    काठमाडौँ । मेटाका सीईओ मार्क जुकरबर्गले जुन महिनामा आफ्नो नयाँ ‘सुपर इन्टेलिजेन्स ल्याब’ को घोषणा गरेका थिए। त्यतिबेला उनले यस प्रोजेक्टमा ११ जना वैज्ञानिकहरूले काम गरिरहेको जानकारी दिएका थिए। उनीहरूको उद्देश्य मानिसको दिमागभन्दा पनि शक्तिशाली मेसिन बनाउनु हो।

    न्युयोर्क टाइम्सले प्राप्त आन्तरिक मेमोका अनुसार, यी सबै ११ वैज्ञानिकहरू अन्य देशमा पढेका आप्रवासी हुन्। यीमध्ये ७ जना वैज्ञानिक चीनका हुन् भने बाँकी ४ जना भारत, बेलायत, दक्षिण अफ्रिका र अस्ट्रेलियाका हुन्। उनीहरूमध्ये एक जना पनि अमेरिकी हैनन् ।

    अमेरिकामा लामो समयदेखि सरकारी अधिकारी र विज्ञहरूको एक समूहले चीनलाई एआईको क्षेत्रमा सबैभन्दा ठूलो खतरा बताउँदै आएको छ। तर रिपोर्टहरूले अमेरिकामा भइरहेका ठूला र क्रान्तिकारी एआई अनुसन्धान धेरै हदसम्म चिनियाँ वैज्ञानिकहरूको मद्दतले नै अघि बढिरहेका देखाउँछन् ।
    मेटा पहिलेदेखि नै चिनियाँ वैज्ञानिकहरूमा निकै निर्भर रहँदै आएको छ। कम्पनीभित्र अक्सर ठट्टामा भनिन्छ – नयाँ आउनेले दुई कुरा सिक्नुपर्छ— पहिलो ‘ह्याक’ (कम्पनीको प्रोग्रामिङ भाषा) र दोस्रो ‘मन्डारिन’ (चिनियाँ भाषा) ।

    किनभने एआई टिमहरूमा ठूलो संख्यामा चिनियाँ अनुसन्धानकर्ताहरू हुन्छन्। यस वर्ष मेटाका लागि करिब ६,३०० एच-वानबी भिसा स्वीकृत भए, जुन अमेजनपछि सबैभन्दा धेरै हो।

    मेटाले सन् २०१८ यता कम्तीमा २८ वटा अनुसन्धानपत्रमा चिनियाँ संस्थाहरूसँग मिलेर काम गरेको छ। मेटा मात्र होइन, एप्पल, गुगल, इन्टेल र सेल्सफोर्स जस्ता अमेरिकी कम्पनीहरूले पनि चिनियाँ संस्थाहरूसँग मिलेर धेरै महत्त्वपूर्ण अनुसन्धान गरेका छन्। माइक्रोसफ्टले त सबैभन्दा धेरै, अर्थात् कम्तीमा ९२ वटा अनुसन्धान परियोजनाहरूमा साझेदारी गरेको छ।

    शीर्ष एआई वैज्ञानिकमध्ये एक तिहाइ चीनबाट

    अमेरिकामा ट्रम्प सरकार आएदेखि प्रशासनले कडा अध्यागमन नीति अपनाएको छ। यसका अलावा सिलिकन भ्यालीमा पनि चीन विरोधी भावना निकै बढेको छ।

    यसका बाबजुद चिनियाँ अनुसन्धानकर्ताहरू अमेरिकामा टिकेका मात्र होइनन्, बरू महत्त्वपूर्ण भूमिका पनि खेलिरहेका छन्। ‘पल्सन इन्स्टिच्युट’ को २०२० मा प्रकाशित एक अनुसन्धानमा अनुमान गरिएको थियो- विश्वका शीर्ष एआई वैज्ञानिकहरूमध्ये करिब एक तिहाइ चीनबाट छन् र तीमध्ये धेरैजसो अमेरिकी संस्थाहरूमा काम गरिरहेका छन्।

    चिनियाँ प्रतिभाको सबैभन्दा बढी फाइदा उठाउँदै एआई उद्योग

    ‘कार्नेगी इन्डाउमेन्ट फर इन्टरनेसनल पिस’ को नयाँ अध्ययनका अनुसार, सन् २०१९ मा अमेरिकाका विश्वविद्यालय र कम्पनीहरूमा काम गरिरहेका १०० शीर्ष चिनियाँ अनुसन्धानकर्तामध्ये ८७ जना आज पनि त्यहीँ काम गरिरहेका छन्। अर्थात्, च्याटजीपीटी आउनुभन्दा अघि देखि एआईको विकासक्रम (बुम) सम्म उनीहरू अमेरिकामा नै टिकेका छन्।

    यस अनुसन्धानसँग जोडिएका म्याट शीहानका अनुसार, अमेरिकाको एआई उद्योगले चिनियाँ प्रतिभाको सबैभन्दा बढी फाइदा उठाउँछ। चिनियाँ विद्यार्थीहरू पढ्न र काम गर्न अमेरिका आउँछन् र तमाम चुनौतीका बाबजुद त्यहीँ बस्छन्।

    अमेरिका र चीनद्वारा एआईमा सबैभन्दा बढी अनुसन्धान

    अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा हुँदाहुँदै पनि दुवैको एआईमा सहकार्य जारी छ। ‘अल्फाएक्सिभ’ नामक कम्पनीको एक अनुसन्धानका अनुसार सन् २०१८ पछि यी दुई देशले एआईमा मिलेर जति अनुसन्धान गरेका छन्, त्यति अन्य कुनै दुई देशले मिलेर गर्न सकेका छैनन्।

    सिलिकन भ्यालीमा धेरैलाई चिनियाँ नागरिकले अमेरिकी कम्पनीहरूको प्रविधि र अनुसन्धान चीन सरकारलाई दिन सक्छन् भन्ने आशंका र भय छ । केही घटनाले यो डरलाई बढावा दिन्छन्।

    जस्तै सन् २०२३ मा एक ह्याकरले ‘ओपनएआई’ को आन्तरिक मेसेजिङ सिस्टमबाट प्राविधिक जानकारी चोरेको थियो। विज्ञहरूका अनुसार, यी खतराहरूका बाबजुद चिनियाँ अनुसन्धानकर्ताहरूसँग काम गर्दा हुने फाइदा धेरै गुणा ठूला छन्। उनीहरूको भनाइ छ- यदि ट्रम्प प्रशासनले चीनबाट आउने प्रतिभाहरूमा थप कडाइ गर्छ भने यसको सबैभन्दा ठूलो नोक्सान अमेरिकी कम्पनीहरूलाई नै हुनेछ।

    जर्जटाउन युनिभर्सिटीकी विज्ञ हेलेन टोनरका अनुसार, यस्ता प्रतिबन्धले अमेरिकाको एआई अग्रतालाई नोक्सान पुर्‍याउन सक्छ। चिनियाँ अनुसन्धानकर्ता बिना, सिलिकन भ्याली विश्वव्यापी दौडमा पछि पर्न सक्छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट