Aug 11 2026 | २०८३, साउन २६ गते

काठमाडौं महानगरको नयाँ संकल्प : 'मानवीयताको सहर' बनाउने लक्ष्यसहित समावेशी नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं महानगरको नयाँ संकल्प : 'मानवीयताको सहर' बनाउने लक्ष्यसहित समावेशी नीति तथा कार्यक्रम सार्वजनिक

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ ३१ २०८३
  • काठमाडौं महानगरको नयाँ संकल्प : 'मानवीयताको सहर' बनाउने लक्ष्यसहित समावेशी नीति तथा कार्यक्रम सार्वजनिक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४का लागि सुशासन, सेवा प्रवाह सुधार, युवा रोजगारी, सामाजिक सुरक्षा तथा सहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

    images

    नगर सभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डङ्गोलले काठमाडौंलाई सहृदयी र समावेशी 'मानवीयताको सहर'का रूपमा रूपान्तरण गर्ने दृढ संकल्प व्यक्त गरिन्।

    महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यकलगायत पछाडि परेका वर्गका लागि लक्षित सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने छ। साथै 'एक वडा, एक नमूना कार्यक्रम'लाई संस्थागत स्वरूप दिँदै यसको दीर्घकालीन दिगोपना सुनिश्चित गरिने महानगरले जनाएको छ।

    ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका अशक्त नगरवासीहरूलाई पोषण सुरक्षाका निम्ति नियमित पोषण भत्ता प्रदान गरिने व्यवस्था मिलाइएको छ।

    सहयोगापेक्षी, घरबारविहीन र सडक आश्रित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि साझेदार संस्था र गैरसरकारी निकायहरूसँग समन्वय गरी काठमाडौंलाई 'सडक आश्रित मानवमुक्त सहर' घोषणा गर्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ।

    वातावरणीय संरक्षणतर्फ पनि महानगर सक्रिय देखिएको छ। चराचुरुंगीलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौंको सङ्ख्यामा 'पानी पात्र' स्थापना गरिने घोषणा गरिएको छ। यसैगरी सडकका कुकुर र बाँदर नियन्त्रणका क्रममा निर्दयी तरिका अपनाउनुको साटो पशु कल्याणका सिद्धान्तअनुरूप मानवीय र वैज्ञानिक विधि अवलम्बन गरिने उल्लेख छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट